२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

चलचित्र पत्रकार संघको १८ जना सदस्यद्वारा सामूहिक राजीनामा

SansherOnline sansheronline.com
शुक्रबार १९, फागुन २०७९ ०२:४२
चलचित्र पत्रकार संघको १८ जना सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं । यौन दुर्व्यवहारमा संलग्न व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै चलचित्र पत्रकार संघका सदस्यहरूले साधारण सदस्यसमेत नरहनेगरी सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार सम्पन्न नवौँ महाधिवेशनमार्फत यौन दुर्व्यवहारमा संलग्न समीर बलामीलाई अध्यक्ष बनाइएको भन्दै संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

सामूहिक राजीनामा दिने सदस्यहरूले संघलाई बुझाएको पत्रमा भनिएको छ– ‘यसै संस्थाकी साधारण सदस्य विरुद्ध यौन दुर्व्यवहारको मुद्दामा संघ आफैँले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व हामीलाई स्वीकार्य छैन ।’

यौन दुर्व्यवहारको आरोप लागेका बलामी अध्यक्षको उम्मेदवार भएपछि बन्दसत्रमा विरोध गर्दै दुर्व्यवहारमा परेका महिलाले दाबीविरोध गर्दासमेत उनको उम्मेदवारी कायम राखेर निर्वाचित गराइएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

प्रतिक्रिया