२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

पेला पुनआए दर्शक÷स्रोतामाझ ‘हेर दिन ढल्यो’ बोलको गीत सार्वजनिक

SansherOnline SansherOnline
शनिबार २३, बैशाख २०८० ०९:३२
पेला पुनआए दर्शक÷स्रोतामाझ ‘हेर दिन ढल्यो’ बोलको गीत सार्वजनिक

बैतडी : गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । बैतडी घर भएका शास्त्रीय संगीतका साधक तिलकसिंह पेलाको ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर दर्शक÷स्रोतामाझ पुनः आएका हुन् । शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ । यसअघि पेलाको स्वरमा रहेको ‘के लत बस्यो’गजल चर्चाको शिखरमा पुगेको थियो । 

उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन् । गीत पेलाकै चेला रिदम कँडेलले एरेन्ज गरेका हुन् । 

यो गीतले पनि दर्शकको तारिफ पाइरहेको छ । पेलाको स्वरमा रहेको यो गीत धेरैले रुचाएका छन् । 

https://www.youtube.com/watch?v=-Y-E_ELVL88

प्रतिक्रिया