२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

गौरा सामाजिक सञ्जालमा, तर मौलिकता गुम्दै

SansherOnline SansherOnline
शनिबार ०९, भदौ २०८० ०५:५०
गौरा सामाजिक सञ्जालमा, तर मौलिकता गुम्दै

बैतडी : सुदूरपश्चिम तथा कर्णाली भारतको उत्तराखण्ड सम्म मनाईने गौरापर्व यस क्षेत्रको मुख्य पर्व हो। यतिवेला सुदूरपश्चिम तथा गौरा मनाईने स्थानमा गौराखला हरु रँगीन बनेका छन । 

अहिले सामाजिक सञ्चारमा आएको परिवर्तनले गौराका दृश्यहरु जाहाँवाट पनि हेर्न मिल्छ। सामाजिक सञ्जाल फेशबुक र टिकटक हरु पनि यतिवेला सुदूर र कर्णालीका देउडाहरुवाट रंगिएको छ। बिरुणा भिजाउँदा देखी ठुली गौरा,नानी गौरा ,दुर्वाष्टमी सवै पक्षका झलक हरु सञ्जालमा पोष्ट गरिएका छन ।  

सुदूरका कतिपय पहाडी जिल्लाहरु बढ्दो बसाई सराई र युवा पुस्ता बिहिन हुन पुगिरहेका बेला आफनो गाउ आउन नसकेका हरु पनि गाउँको गौरा सामाजिक सञ्जालमा देख्दा खुशी ब्यक्त गरिरहेका हुन्छन। 

तर सो पर्वमा नाचिने देउडाको मौलिकता हराउँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । गौराको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा गाउने र नाच्ने चलन छ । 

गौरा पर्वको आफ्नै गरिमा र महिमा छ । यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी छ । 

गौरा पर्वमा  नारीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने चलन छ । यसमा नारीलाई यज्ञोपवित ग्रहण गर्ने र वैदिक मन्त्र जप्ने अधिकार दिएको छ । गौरामा खेलिने, गाइने भाका र लय हराउन थालेको छ । त्यसैले डोटेली भाषिको पहिचान, संस्कार र संस्कृति हराउँदै गएको सिगास गाउँपालिका ९ का बिक्रम महरा ले बताए ।

गौरा पर्व के हो ? यसको महत्व के हो ? के कस्ता गीत, कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले वास्ता गरेको छैन भने पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ । संस्कृति जगेर्नातर्फ लाग्न पाका पुस्ताको नयाँ पिढीलाई सुझाव छ ।

यसले गौराको मुल मर्म माथी प्रहार गरेको छ ।  

 

प्रतिक्रिया