२०८२ असार ०१ गते आइतबार
ट्रेन्डिङ

नेपाली सेनाको हनुमानध्वज गुल्मले सैनिक नागरिक सम्बन्ध विस्तार गर्न स्वास्थ्य शिविर आयोजना

SansherOnline SansherOnline
बुधबार २९, मङि्सर २०७८ ०३:५७
नेपाली सेनाको हनुमानध्वज गुल्मले सैनिक नागरिक सम्बन्ध विस्तार गर्न स्वास्थ्य शिविर आयोजना


बैतडी- बैतडी स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सैनिक नागरिक सम्बन्ध विस्तार गरि राष्ट्रिय एकता बढाउन स्वास्थ्य शिविरको आयोजना गरेको छ । हनुमानध्वज गुल्मको तामिलकेन्द्र दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँमा स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समुन्वयमा गुल्मले शिविरको आयोजना गरेको हो ।

तालिमकेन्द्र नजिकका गाउँमा वसोवास गर्ने नागरिक र तालिममा सहभागि सैनिकहरुको स्वास्थ्य चेकजाँच गरि औषधि वितरण गर्न शिविरको आयोजना गरिएको गुल्मपति खिल रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले नागरिक र सेनाको सम्बन्ध विस्तारका हामी नागरिकहरुसंगै छौँ भन्ने आभास गराउन र तालिममा सहभागि सैनिकहरुको स्वास्थ्य अवस्था थाहा पाउन पनि शिविरको आयोजना गरेका हौँ ।’

शिवरमा आर्थिक अभाव तथा अशक्तताका कारण जिल्ला अस्पताल जान नसकेका जेष्ठ नागरिक तथा अन्य विरामी र वहालवाला सैनिकको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि दिने काम गरिएको छ ।

राष्ट्रसेवक कर्मचारी नियमित स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत यसपाली गुल्मसंग सहकार्य गरेर नागरिकको घरदैलोमै गएर शिविर संचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रसेवक कर्मचारी नियमित स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत गुल्मले आम सर्वसाधारण नागरिकको पनि स्वास्थ्य जाँच गरी औषधि वितरण गर्ने प्रस्ताव गरेपछि शिविरमा सबैलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।’

स्वास्थ्य शिविरबाट गाउँमै डाक्टरको सल्लाह र चेकजाँच गर्नपाउँदा आफुहरुलाई सजिलो भएको स्थानीयको भनाई छ । उनिहरुले अझै यस्ता शिविरहरु संचालन हुनुपर्नें माग गरेका छन् । 

 

सेनाले घरनजिकै शिविर आयोजना गरेपछि आफुहरुलाई सजिलो भएको स्थानीय विष्णुदत्त भट्टको भनाई छ । उहाँले भन्नुभयो ‘म त पहिले पनि तालिमकेन्द्रबाट केहि औषधि मागिरहन्थे आज त शिविरनै संचालन भएर अस्पतालका डाक्टरसाव पनि आउनुभएको छ, सुखि लागेको छ ।’

शिविरले आर्थिक अवस्था कमजोर भई जिल्ला अस्पताल समेत जान नसकेका आफुहरुजस्तालाई सहयोग पुगेको स्थानीय सोभा नाथले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीजस्तो गरिबहरुले संधै चेकजाँचका लागि जिल्ला अस्पताल जान पनि मुस्किल हुन्छ शिविरले हामीलाई सहयोग पुगेको छ ।

प्रतिक्रिया