२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

प्रदेश सरकारकाे प्राथमिकतामा काम गर्न गैससलाई अर्थ मन्त्री शाहीकाे निर्देशन

SansherOnline sansheronline.com
शुक्रबार १९, फागुन २०७९ ०१:१५
प्रदेश सरकारकाे प्राथमिकतामा काम गर्न गैससलाई अर्थ मन्त्री शाहीकाे निर्देशन

१९ फागुन बैतडी, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारकाे प्राथमिकतामा काम गर्न गैरसरकारी संस्थालाई निर्देशन दिनुभएकाे छ । आज सामाजिक विकास मन्त्रालयले विकास साझेदार संस्थाहरू संग समन्वय बैठकमा बाेल्दै मन्त्री शाहीले आफू अनुकुल कार्यक्रम संचालन गर्नु भन्दा पनि प्रदेशकाे प्राथमिकता काम गर्नु पर्ने निर्देशन दिनुभएकाे छ । सुदूरका अधिकाँस जिल्लाहरूमा विभिन्न निकायाले संचालन गर्ने कार्यक्रमहरू आफुखुसि गर्ने, परियाेजना संचालन गर्दा दाेहाेराे पन भएकाे भन्दै अब यस्ताे नगर्न समेत निर्देशन दिनुभएकाे छ । बैठकमा बाेल्दै मन्त्री शाहीले सुदूरलाई समृद्ध बनाउन सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायहरूकाे सहकार्य गरेर जानुपर्नेमा समेत जाेडदिनुभएकाे छ । आज धनगढीकाे हाेटेल फलाेरामा विकास साझेदार संस्थाहरू संग समन्वय बैठक संचालन भएकाे थियाे । सामाजिवक विकास मन्त्रालयका सचिव गणेश बहादुरसिहं काे अध्यक्षतामा संचालन भएकाे थियाे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कार्यरत सम्पुर्ण विकासका साझेदार संस्थाहरूका प्रमुख हरूकाे उपस्थित रहेका थिए । कार्यक्रममा विकासका साझेदार सस्थाहरूका प्रमुखहरूले संस्थाले हाल सम्म गरिरहेका कामहरूकाे प्रगतिविबरण र आगामि दिनहरूमा गरिने कार्यक्रमहरूकाे अबस्था बारे जानकारी गराईएका थिए । धनगढी स्थित हाेटेल फलाेरामा संचालन भएकाे कार्यक्रममा ३० जनाकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया