२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

राम कुमार ज्ञवाली ३० बर्ष पछि बैतडीमा, पुनः एकपटक ईमान्दारिताका साथ समाजबादी क्रान्ति पुरा गर्ने

SansherOnline SansherOnline
बुधबार १७, फागुन २०७९ ०८:००
राम कुमार ज्ञवाली ३० बर्ष पछि बैतडीमा, पुनः एकपटक ईमान्दारिताका साथ समाजबादी क्रान्ति पुरा गर्ने

बैतडी: ३० बर्ष पछि नेपाल कम्यूनिष्ट पार्टी ( एकिकृत समाजबादी) का पोलिटब्युरो सदस्य राम कुमार ज्ञवाली पुनः पार्टी संगठन निर्माणका लागि फागुन १६ गते (आज) सदरमुकाम गोठलापानि आउनुभएको हो।

बुधबार बैतडी सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले आफ्नो अमुल्य समय सुदूरपश्चिमको विकास र समाज रुपान्तरण मा खर्चेको र पुनः एकपटक ईमान्दारिताका साथ समाजबादी क्रान्ति पुरा गर्नको लागि सहजकर्ताको रुपमा आफु बैतडी आईपुगेको बताउनुभयो। तत्कालीन नेकपा एमालेको महाकाली अञ्चल प्रमुख (सचिव) समेत रहेका नेता ज्ञवाली एमाले बिभाजन पछि समाजबादीमा आबद्ध छन्।

पत्रकार सम्मेलनमा एसका पोलिटब्युरो सदस्य एवं बैतडी इन्चार्ज परमानन्द भट्ट, केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, माया भट्ट, बैतडी अध्यक्ष महादेव भट्ट, जिल्ला उपाध्यक्ष कृष्ण साउद, सचिव शेरबहादुर चन्द र प्रदेश कमिटी सदस्य पार्वती भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

यस्तै बैतडी इन्चार्ज नेता परमानन्द भट्टले दलाल पुँजीपतिका हातमा बैंक तथा वित्तीय संस्था भएका कारण आर्थिक संकट पैदा भई श्रमजीवी वर्गलाई गुजारा चलाउन पनि गार्हो भएको बताउनुभयो।

बैतडीका लागि ७ अर्बको बजेट आए पनि खर्च भने हुन सकेको छैन। मेसिन र डोजर को प्रयोग गरेर बिकास निर्माण का कामहरु गरिने भएकाले श्रमजीवी वर्गले रोजगारी पाउन सकेका छैनन्। यो प्रवृत्ति रोकेर श्रमजीवी वर्गलाई रोजगारी दिन पार्टीको ध्यान जानेछ। पार्टका उच्च तहका सबै नेता बैतडीका स्थानीय तह, वडा र गाउँ टोलमै संगठन बिस्तार गर्न खटिएको समेत नेता भट्टले बताउनुभयो।

यस्तै नेता भट्टले भन्नुभयो नेकपा एस राष्टको चौथो ठुलो दल र सरकारमा पनि सहभागी हुने भएकाले बैतडीको बिकास बजेट समयमै खर्च नभएर च्वागढको गांजरि सडक, बजपानि सिवलिंग सडकको काम अघि नबढेको बिषयमा खबरदारी गर्नेछौँ। जनजिबिका र बिकासको बजेट सहि ठाउँमा समयमै खर्च भए नभएको बिषयमा गाउँ - गाउँ पुगेर खबरदारी समेत गर्नेछौं।

कार्यक्रममा जिल्ला अध्यक्ष महादेव भट्टले पार्टी गठन भएको १६ महिनामै स्थानीय, प्रदेश र संघको निर्वाचन गरी तिन वटा चुनाव लड्नुपर्दा संगठन निर्माणका लागि समय अभाव भएको बताउनुभयो।

अबको चुनाव आउन अझै साढे चार बर्ष बाँकि भएकाले युद्धस्तरमा संगठन निर्माण गरेर पार्टीलाई ६ महिना भित्रै बलियो बनाउने समेत नेता भट्टले दाबी गर्नुभयो।

प्रतिक्रिया