२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

डडेल्धुरामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु

SansherOnline SansherOnline
सोमबार १५, फागुन २०७९ ०४:१८
डडेल्धुरामा जीप दुर्घटनामा परी   एक जनाको मृत्यु

डडेल्धुरा ;डडेल्धुराको परशुराम नगरपालिकामा जीप  दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना भएको हो।

परशुराम नगरपालिका–३ मट्यौलामा जीप दुर्घटना हुँदा  भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । अन्य केही यात्रु घाइते भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्ट ले जानकारी दिएका छन।

 चालकसहित ११ जना यात्रु  रहेको जीप सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया