२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

पल शाहलाई उच्च अदालतले दियो सफाइ

SansherOnline SansherOnline
आइतबार १४, फागुन २०७९ ०९:०२
पल शाहलाई उच्च अदालतले दियो सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो ।
बिज्ञापन

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

प्रतिक्रिया