२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति

SansherOnline SansherOnline
शनिबार १३, फागुन २०७९ ०६:०८
राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति

 

काठमाण्डाै : राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति भएको छ । अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याउनुभएको र प्रधानमन्त्रीको प्रस्तावलाई आठै दलले समर्थन गरेका जानकारी दिनुभयो । पुरानो सत्ता गठबन्धनका पाँच दलमा अरु तीन दल थपिएका हुन् ।

हिजोको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।

नेपाली कांग्रेसले आज बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् । 

प्रतिक्रिया