२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

८ दलको नयाँ गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०९:०८
८ दलको नयाँ गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय

काठमाण्डौं : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन्  । राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क थियो ।

प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको बताए । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्ने उनले बताए । 

प्रतिक्रिया