२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडी जिल्ला स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०४:५६
बैतडी जिल्ला स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन

बैतडी : जिल्लास्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार औपचारिक रुपमा उद्दघाटन गरिएको छ । आज बिहानैदेखि प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरु शुरु गरिएका भएपनि प्रतियोगिताको भने दिउँसो औपचारिक कार्यक्रमको आयोजना गरेर उद्दघाटन गरिएको हो । 

बैतडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम प्रमुख अतिथी रहेकी थिइन् । प्रतियोगिताको उद्दघाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी बिशिष्ट अतिथी रहेका थिए । 

यस्तै जिल्लाका १० ओटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,प्रशिक्षक,खेलाडी लगायतको उद्दघाटन समारोहमा सहभागिता रहेको थियो । 

फागुन १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

प्रतियोगिताको विजेता टीमलाई नगद पुरस्कारसहित शिल्ड,ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया