२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

उग्रतारा यतायातले बैतडीमा सेवा बिस्तारलाई तिब्रता, सिगास–१ को ३ ठाउँबाट जिपसेवा सुचारु गर्दै

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०७:४९
उग्रतारा यतायातले बैतडीमा सेवा बिस्तारलाई तिब्रता, सिगास–१ को ३ ठाउँबाट  जिपसेवा सुचारु गर्दै

बैतडी : उग्रतारा डडेल्धुरा  सार्बजनिक यतायात प्रा.लि.ले बैतडीमा सेवा बिस्तारलाई तिब्रता दिइरहेको छ । शनिबार देखि बैतडीको सिगास गाउँपालिका १ का बिभिन्न ठाउँमा यतायात सुचारु गर्ने भएको छ ।

सिगास गाउँपालिका १ को जुकेपानी, इराना हुदै माडौंसम्म सेवा दिने तयारी थालिएको उग्रतारा डडेल्धुरा सार्बजनिक यतायात प्रा.लि. खोडपे साखाका इन्चार्ज अर्जुन बिष्टले जानकारी दिए । यी ३ वटै ठाउँमा उपसाखा काण्टर स्थापना गरिने छ । सडक बिस्तारको सहज पहुँच पुगेसँगै तीनवटै ठाउँका यात्रुहरुका लागि शनिबारदेखि नियमित यतायात सुचारु गरिने बिष्टले बताए । 

अब शनिबार देखि प्रत्येक दिन बिहान ७ बजेदेखि माडौं देखि इराना हुदै डडेल्धुराका लागि जिप छुट्ने छ । त्यसैगरी डडेल्धुरादेखि माडौंका लागि प्रत्येक दिन दिउँसो साडे ३ बजे गाडी छुट्ने छ । जुकेपानी, इराना र माडौंका यात्रुहरुका लागि सहज हुने छ । 

त्यसैगरी बैतडीको पाटन नगरपालिका ३  र सुर्नया गाउँपालिकाको सिमानासँग जोडिएको बोहोरिगाउँका लागि पनि गाडी छुट्ने समय निर्धारण गरिएको छ । बोहोरीगाउँ देखि डडेल्धुराका लागि बिहान ७ बजे

जिप छुट्न छ भने डडेल्धुराबाट बोहोरीगाउँका लागि अप्रान्ह ४ बजे छुट्ने उग्रतारा डडेल्धुरा  सार्बजनिक यतायात प्रा.लि.ले जनाएको छ ।

प्रतिक्रिया