२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

दार्चुला घर भएका प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला

SansherOnline SansherOnline
बिहिबार ११, फागुन २०७९ ०९:५४
दार्चुला घर भएका प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला

 सुर्खेत : दार्चुला घर भएका प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं ६ घर भइ प्रहरीचौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षीय कविन्द्र विक दायाँ कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । 

बिहीवार बिहान ३ बजेतिर कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत  प्रहरी जवान विक गोली लागेको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । 

कन्चटमा लागेको गोली उनी आफैंले बोकेको एसएलआरको भएको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको ड्युटीमा खटिएका थिए । 

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा ८ जनाको प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया