२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीको पाटनमा भोलिदेखि  हुने जिल्लास्तरीय रनिङ शिल्डको तयारी पुरा

SansherOnline SansherOnline
बिहिबार ११, फागुन २०७९ ०८:४३
बैतडीको पाटनमा भोलिदेखि  हुने जिल्लास्तरीय रनिङ शिल्डको तयारी पुरा

बैतडी : बैतडीमा भोलिदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ । १० ओटै पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता शुरु हुन लागेको हो । 

प्रतियोगितामा १० ओटै पालिकाका १० ओटा टीमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । पाटनस्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने उनले बताए ।  

भोलि शुक्रबार देखि हुने प्रतियोगिताको तयारी पूरा भइसकेको अध्यक्ष भण्डारीले बताए । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते सञ्चालन हुने बताइएको छ । 

शुक्रबार बिहान ८ बजेदेखि प्रतियोगिता शुरु भएपनि उद्दघाटन सत्र भने बिहान ११ बजे हुने जनाइएको छ । 
फागुन १४ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टीमले शिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छ । 
 

प्रतिक्रिया