२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

नेविसंघ बैतडीले फागुन १३ गते बैठक बोलायोे ,स्ववियु निर्वाचनको तयारी

SansherOnline SansherOnline
बिहिबार ११, फागुन २०७९ ०७:४४
नेविसंघ बैतडीले फागुन १३ गते बैठक बोलायोे ,स्ववियु निर्वाचनको तयारी

 बैतडी : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ बैतडीले स्ववियु निर्माण केन्द्रित छलफल गर्न जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । शनिबार पाटन नगरपालिकाको कार्यालयमा जिल्ला कार्यसमितिको बैठक बस्ने छ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको बारेमा आवश्यक छलफल गर्नुपर्ने भएकाले बैठक डाकिएको नेवि संघका जिल्ला अध्यक्ष कपिल केसीले जानकारी दिए । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो मातहत रहेका क्याम्पसहरुमा आगामी चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकेको छ भने त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मितिको तोकेको छ ।

बैतडीमा जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, मणिलेक बहुमुखी क्याम्पस मेलौली र पाटन बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा रहेका छन् । 

यस्तै सिगास बहुमुखी क्याम्पस गाँजरी, पुर्चौडी बहुमुखी क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको रुपमा रहेका छन् । यी क्याम्पसहरुमा स्ववियु निर्वाचनका लागि आवश्यक विद्यार्थी संख्या रहेको बताइएको छ । 

त्रिभुवन विश्वविद्यालयबाटै सम्बन्धन प्राप्त कुलाउ बहुमुखी क्याम्पस, शाहीलेक शिक्षा क्याम्पस र श्रीकोट बहुमुखी क्याम्पसका विद्यार्थी संख्या कम रहेको बताइएको छ । 

स्ववियु निर्वाचन हुने क्याम्पसहरुका स्ववियु निर्वाचनको तयारी स्वरुप बैठक आह्वान गरिएको अध्यक्ष केसीले बताए । उनले भने ‘बैठकमा स्ववियु निर्वाचनकै बिषयमा केन्द्रित रहेर छलफल हुन्छ । यसैको तयारीमा हामी कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुन्छ ।’ 

प्रतिक्रिया