२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीमा ९ किलो चरेससहित तीन जना पक्राउ

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०९:४५
कैलालीमा ९ किलो चरेससहित तीन जना पक्राउ

कैलाली : कैलालीको धनगढीबाट ९ किलो चरेससहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१४ एचगाँउ स्याउले घाटस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले उनीहरूलाई बुधबार दिउँसो नियत्रन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीले रोल्पाको थवाङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूको साथमा चरेस फेला परेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया