२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

चौलानी नदीमा बगेर बैतडीका ६१ बर्षीय नाथको मृत्यु

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०६:०४
चौलानी नदीमा बगेर बैतडीका ६१ बर्षीय नाथको मृत्यु

बैतडी : चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका र उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए । उनको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया