२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा लागु औषध दुर्ब्यसनी र महिला हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रम

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०५:४७
बैतडीमा लागु औषध दुर्ब्यसनी र महिला हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रम

बैतडी : प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बैतडी मातहत प्रहरी चौकी गुरूखोलाले जनचेतना मुलक प्रशिक्षण कार्यक्रम गरेको छ।

दशरथचन्द नगरपालिका १ स्थित श्री मणिलेक माद्यमिक विद्यालय गुरुखोलाका कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरु लाई सामाजिक संजालको सदुपयोग तथा महिला हिंसा न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएका हुन। 

अहिले सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको आकर्षण बढिरहेका बेला किशोरकिशोरी देखि वृद्धवृद्धामा समेत सामाजिक सञ्जालप्रति मोह जागेको पाईन्छ। तर यसको दुरुपयोग गर्दा हुने नोक्सानी बारे भने सबै नागरिक सचेत भएको पाईदैनन । पछिल्लो समय यसको प्रयोगसँगै दुरुपयोगका घटना समेत बढिरहेका छन।

विद्यालयका प्रधानाध्यापक केशब दत्त भट्टको संयोजकत्वमा विद्यार्थीहरुलाई “लागु औषध दुर्व्यसन रोकथाम तथा कानुनी व्यवस्था सम्बन्धि  शिक्षा तथा कसुर सजाय सम्बन्धी समेत जानकारी गराएका छन। 

 

प्रतिक्रिया