२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको निलम्बित सांसद पद फुकुवा

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०४:१२
नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको निलम्बित सांसद पद फुकुवा

काठमाण्डौं  : राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन् । 

चौधरीलाई फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गरेकी थिइन् । चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य भएका छन् । 

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्क्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनी फरार सूचीमै रहेका बेला कैलालीबाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया