२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिम विश्वविद्यालयमा पहिलोपटक स्ववियु निर्वाचन हुँदै , चैत ८ गते मिति तोकियो

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०७:२४
सुदूरपश्चिम विश्वविद्यालयमा पहिलोपटक स्ववियु निर्वाचन हुँदै , चैत ८ गते मिति तोकियो

बैतडी : सुदूरपश्चिम विश्वविद्यालयमा पहिलोपटक स्ववियु निर्वाचन हुने भएको छ । आगामी चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको हो। 

विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचनको मिति तोकिएको जानकारी दिए। तोकिएको मितिमै निर्वाचन गराउन तयारी थालिएको पनि उनले बताए।

२०६९ सालमा विश्वविद्यालयमा स्ववियु स्थापना भए पनि पहिलोपटक मिति तोकिएको हो । साविकको शिद्धनाथ बहुमुखी क्याम्पसको स्तरोन्तरी गरी २०६६ सालमा सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको थियो ।

यता त्रिभुवन विश्वविद्यालयले पनि आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको तयारी गरेको छ । २०६५ सालदेखि हुन नसकेको निर्वाचनको मिति तोकिएसँगै केन्द्रीय तथा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो । त्यस्तै अन्य विश्वविद्यालयमा समेत स्ववियु निर्वाचन हुने तयारी गरिएको छ ।

प्रतिक्रिया