२०८१ चैत २२ गते शनिबार
ट्रेन्डिङ

बैतडीको सिगासमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाको अवकाश विदाई

SansherOnline SansherOnline
मङ्गलबार ०९, फागुन २०७९ ०६:१२
बैतडीको सिगासमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाको अवकाश विदाई

बैतडी : बैतडीको सिगास गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले सेवाबाट अवकास पाउनु भएको छ । सोमबार एक कार्यक्रमका साथ उहाँ सेवा निवृत्त हुनुभए सँगै सिगास गाउँपालिकाले सम्मान सहित बिदाई गरेको हो । 

 बिदाई कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम  गाउँपालिका अध्यक्ष हरि सिहं धामी , प्रवक्ता अमर सिंह धामी  सहित विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारी सहित अन्य समाजसेवी, बुद्दिजिबी हरुको समेत उपस्थिति रहेको थियो। 

प्रदेश सभा सांसद  बम, अध्यक्ष धामीले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर स सम्मान गरेका थिए ।

सम्मान सहित बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत  ओझाले सिगास गाउँपालिकामा आफ्नो बसाइ छोटो भएपनि आफ्नो मन सिगास बासी जनताको माझमा रहने बताउनुभएको छ । उहाँले भन्नुभयो ” मेरो मन सिगासमै छ, अझै सिगास गाउँपालिका लाइ सम्झिरहेको हुनेछु।” 

 

 

प्रतिक्रिया