२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

१२ बुँदे समझदारीका पक्षधर राष्ट्रपति चुनावमा एक ठाउँमा उभिनुपर्छ , प्रधानमन्त्री प्रचण्ड

SansherOnline SansherOnline
सोमबार ०८, फागुन २०७९ ०५:४८
१२ बुँदे समझदारीका पक्षधर राष्ट्रपति चुनावमा एक ठाउँमा उभिनुपर्छ , प्रधानमन्त्री प्रचण्ड

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा रहनुपर्ने बताएका छन् ।

सोमबार दिउँसो पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा रहेका शक्ति राष्ट्रपति निर्वाचनका बेला पनि मिल्नुपर्ने आफूहरुको मत रहेको बताएका हुन् ।

‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो’ उनले भने ।

आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको बताए । 

प्रचण्डले २ महिना जनताका बीचमा गएर उनीहरुको कुरा सुन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया