२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

आज सोमबारे औंसी

SansherOnline SansherOnline
सोमबार ०८, फागुन २०७९ ०७:५१
आज सोमबारे औंसी

काठमाण्डौं : आज सोमबारे औँसी । औँसी तिथि र सोमबार एकै दिन परेको दिनमा सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउने गर्दछन् । यस्तो संयोग परेको दिनलाई मौनी औासी पनि भनिन्छ । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। 

पुराण र ज्योतीषीय ग्रन्थमा भने सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ । यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ । सोमबार औँसी तिथि अपराह्न १ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि फाल्गुण शुक्ल प्रतिपदा आरम्भ हुने पञ्चांगमा उल्लेख छ ।

प्रतिक्रिया