२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

एमाले परित्याग गरेको दुर्गा प्रसाइँको घोषणा

SansherOnline SansherOnline
सोमबार ०८, फागुन २०७९ ०५:५६
एमाले परित्याग गरेको दुर्गा प्रसाइँको घोषणा

 

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । एमालेको प्रदेश नं.१, कमिटीले कारबाहीका लागि पार्टी केन्द्रलाई सिफारिस गरेपछि प्रसाइँले आज एमाले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो । 

उहाँले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यलाई सहभागी गराएर १ फागुनमा झापामा कार्यक्रम गर्नु भएको थियो । त्यसपछि प्रसाइँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । 

पार्टीको नीति र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेको नेकपा एमाले १ नंं. प्रदेश कमिटीले जनाएको छ । नयाँ पत्रिका 

प्रतिक्रिया