२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

प्रजातन्त्र दिवसको अवसरमा बैतडी कारागारमा रहेका दुई जना कैदीबन्दीको कैद मिनाहा

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ ०७:५५
प्रजातन्त्र दिवसको अवसरमा बैतडी कारागारमा रहेका दुई जना कैदीबन्दीको कैद मिनाहा

बैतडी : जिल्ला कारागार बैतडीमा रहेका दुई जना कैदीबन्दीको  बाँकी कैद मिनाहा भएको छ । प्रजान्तत्र दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरीसकेका दुई जना कैदीको कैद मिनाहा भएको हो। 

सवारी ज्यान र अंगभगं मुद्धामा ४ बर्षको कैद पैसला भएका दोगडाकेदार गाउँपालिकाका वीरेन्द्रसिह कार्की र नकवजनी चोरी मुद्धामा ३ बर्षको कैद फैसला भएका दशरथचन्द नगरपालिकाका गणेशसिह बिष्टको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका कारागार प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो । 

सवारी ज्यान र अंगभंग मुद्धामा बिष्टलाई २०७७ कार्तिक २८ गते ४ बर्ष, नकवजनी चोरी मुद्धामा २०७८ असार ३० गते ३ बर्षका लागि कैद फैसला भएको थियो । असल चालचलन भएका , नकरात्कमक सुचीमा नपरेका मुद्धामा संग्लन ब्यक्तीको कैद माफी मिनाहा हुने गरेको उहाँले बताउनुभयो । 

फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया