२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

छिटो छरितो सेवा प्रवाह हुने किसिमले काम गर्न कर्मचारीलाई उद्योग मन्त्री भण्डारीको निर्देशन

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ ०७:३४
छिटो छरितो सेवा प्रवाह हुने किसिमले काम गर्न कर्मचारीलाई उद्योग मन्त्री भण्डारीको निर्देशन

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नागरिकलाई  छिटो छरितो सेवा प्रवाह हुने किसिमले काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यालय प्रमुखहरुको बैठकमा मन्त्री भण्डारीले नागरिकलाई सहज हुने गरेर काम गर्न निर्देशन दिएका हुन् । 

यस्तै सम्बन्धित कार्यालयहरुबाट सञ्चालनमा रहेका विकास निर्माणका कामहरुलाई पनि गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न उनले निर्देशन दिएका छन् । सरकारी सेवा प्राप्तीमा नागरिकलाई सास्ती भइरहेको भन्दै यसलाई सुधार गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले पुर्चौंडीबाट कैलाली जान नागरिकलाई सहज हुन्छ तर सदरमुकाम पुग्न निकै समस्या रहेको छ ।
 

प्रतिक्रिया