२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

सडक डिभिजन कार्यालय मातहतका योजनाको अनुगमन गर्न  ,मन्त्री भण्डारीको निर्देशन

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ ०७:०८
सडक डिभिजन कार्यालय मातहतका योजनाको अनुगमन गर्न  ,मन्त्री भण्डारीको निर्देशन

बैतडी : उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सडक डिभिजन कार्यालय मातहत भइरहेका कामहरुको अनुगमन गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सडक डिभिजन कार्यालयमा मातहतका कामहरुमा व्यापक ढिलासुस्ती भइरहेको गुनासो बढेको भन्दै अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई निर्देशन दिनुभएको हो ।

पाटन नगरपालिका १ को सकार र ७ को कैलपाल जोड्ने सुर्नया नदीको मोटरेबल पूल निर्माण र पाटन पञ्चेश्वर सडकखण्डको सुरुवाती ५ किलोडिमर सडकको अनुगमन गर्न निर्देशन दिनुभएको हो । सकार कैलपाल जोड्ने सुर्नया नदीमाथीको मोटरेबल पूल ८ वर्षदेखि निर्माण सम्पन्न हुन सकेको छैन ।

यसैगरी मन्त्री भण्डारीले नयाँ सहर विकास कार्यालय मातहत निर्माण भइरहेको पाटन बसपार्कको पनि अनुगमन गर्न निर्देशन जारी गरेका छन् । कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मन्त्री भण्डारीले दिनुभएको निर्देशन कार्यान्वयन गरिने बताए । मन्त्री भण्डारीको गृहजिल्ला समेत रहेको बैतडीमा हरेका कार्यालयबाट पारदर्शी सेवामा जोड दिनुपर्ने समेत बताएका थिए ।

यसैगरी मन्त्री भण्डारीले बैतडीमा भइरहेको बिद्युतीकरणमा भइरहेको लापरवाहीको बिषयमा पनि चासो राख्नु भएको थियो । बिद्युुतीकरणमा कर्मचारी र ठेकेदारको लापरवाहीले जनताले समस्या भोग्दै आएकाले प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा बताएका थिए । आफु मन्त्रालयको जिम्मेवारीमा रहेको अवस्थामा बैतडीबासीले देख्नेगरी काम हुने समेत भण्डारीले बताएका थिए ।

जिल्ला स्थित कार्यालयका प्रमुखहरुको बैठकमा जिल्लामा सेवा प्रभावमा भइरहेको समस्याको बारेमा मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । कारागार व्यवस्थापनमा समस्या, प्रहरी युनिट भाडामा सञ्चालनमा रहेको समस्या, कर्मचारी अभाव लगायतका समस्याहरु राखिएको थियो ।

प्रतिक्रिया