२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

सांसद अरुण चौधरी जेलबाट रिहा

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ १२:१७
सांसद अरुण चौधरी जेलबाट रिहा

धनगढीः कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी जेलबाट रिहा भएका छन्।

जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन्।


नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए। उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन्। पार्टीका अन्य नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिए।

२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।
  
६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो।

चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। दुवै रिटमा अन्तरिम आदेश भएन।

प्रतिक्रिया