२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

गोकुलेश्वरबाट सदरमुकाम बैतडीका लागि छुटेको जिप घुसुल्ला मोडमा दुर्घटना

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ ११:५७
गोकुलेश्वरबाट  सदरमुकाम बैतडीका लागि छुटेको जिप घुसुल्ला मोडमा  दुर्घटना

बैतडी –बैतडीमा जिप दुर्घटनामा परेको छ ।गोकुलेश्वरबाट बैतडी सदरमुकामका लागि छुटेको से १ ज ९२७ नम्बरको जिप आइतबार बिहान १०:४५ बजेतिर  दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका २ घुसुल्ला मोड नजिकै दुर्घटनामा परेको हो । जिपमा चालकसहित ९ जना सवार रहेका थिए । 

दुर्घटनामा परेर ३ जना समान्य घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ ।घाइतेको परिचय खुलेको छैन् । अनियन्त्रित भएर जिप दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया