२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

कार्यसम्पदान मुल्याङ्कनमा बैतडीका १० स्थानीयतह मध्ये दोगडाकेदार पहिलो सबैभन्दा कम डिलासैनी

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ ०८:२०
कार्यसम्पदान मुल्याङ्कनमा बैतडीका १० स्थानीयतह मध्ये दोगडाकेदार पहिलो सबैभन्दा कम डिलासैनी

बैतडी : नियमित कार्यसम्पादन सुचक मुल्याङ्कनमा बैतडीका १० स्थानीयतह मध्ये दोगडाकेदार गाउँपालिकामा अग्रस्तानमा रहेका छ । जिल्लाको हकमा डिलासैनी गाउँपालिका सबैभन्दा कम  रहेको छ । दोगडाकेदार गाउँपालिकाले ६४.३९ अंक प्राप्त गरेको छ ।
 
डिलासैनी गाउँपालिकाले ४६।८१ अंक र मेलौली नगरपालिकाले ४८।१ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले प्रकाशन गरेको कार्यसम्पादन मुल्याङ्कनमा उल्लेख गरिएको छ । दोगडाकेदार गाउँपालिकाले सबै भन्दा बढि ६४।३९ अंक प्राप्त गरेको छ ।
 
दशरथचन्द नगरपालिकाले ६२।११, पाटन नगरपालिकाले ५८।५५, शिवनाथ गाउँपालिकाले ५८, पुर्चौडी नगरपालिकाले ५६।९५, सिगास गाउँपालिकाले ५६।६५ अंक सुर्नया गाउँपालिकाले ५०।३०, पञ्चेश्वर गाउपालिकाले ५० अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
 
लेखा परिक्षण, बेरुजुको अवस्था, स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त प्रदान गरेनगरेको, खर्च विवरण बिनियोजन प्रक्रिया, कार्यसम्पदन सुचक सम्बन्धी तोकिएको अवधिमा प्रविष्ट गरेनगरेको लगायतका करिब ११ वटा सुचकमा गरिएको मुल्याङ्कनका आधारमा स्थानीय तहहरुलाई अंक प्रदान गरिने गरिएको छ ।

प्रतिक्रिया