२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ ०७:४२
हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

काठमाण्डौ : यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो  ।

हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो हिउँदमा वर्षा हुने सम्भावना टर्दै गएको छ ।

वर्षा र हिमपात नहुँदा यसपालि सुक्खा बढेको छ । यसले आगलागी र डढेलोका घटनासँगै वायु प्रदूषण बढ्ने अनुमान छ । आज प्रदेश(१ र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । 

प्रतिक्रिया