२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

SansherOnline SansherOnline
शनिबार ०६, फागुन २०७९ ०६:४५
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी : बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ जर्गका ४३ बर्षीय धनी चन्दको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

शुक्रबार घरबाट देहीमाण्डौं आएका चन्द साँझ घर नफर्केपछि शनिबार बिहान खोजी गर्दा उनी मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । दशरथचन्द नगरपालिका वडा नं ४ को भिटेजर्गस्थित सलहाल्ने स्थानबाट उनी लडेर ५ सय मिटर तल खसेका बताइएको छ । 

मृतकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्ष जोशीले बताए । 

प्रतिक्रिया