२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज शनिबार गृह जिल्ला बैतडी आउदैँ

SansherOnline SansherOnline
शनिबार ०६, फागुन २०७९ १२:२५
उद्योग वाणिज्य  तथा आपूर्ति मन्त्री दामोदर भण्डारी  आज शनिबार गृह जिल्ला बैतडी  आउदैँ

उद्योग वाणिज्य  तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज शनिबार आफ्नो गृह जिल्ला बैतडी आउन लाग्नुभएको हो ।

बैतडीबाट प्रतिनिधिसभा निर्वाचीत भण्डारी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लाग्नु  भएको हो । भण्डारी  शनिबार दिउँसो बैतडी पुग्ने उनको  निजी सचिवालयले  जनाएको  छ । मन्त्री भण्डारीले  आज दिउँसो २ बजे देहिमाण्डौँमा सम्बोधन गर्ने कार्यक्रम  रहेको  छ।  

मन्त्री भण्डारी जिल्ला स्थीत बिभिन्न कार्यक्रममा सहभागि हुने बताइएको छ । यस्तै आइतबार जिल्लास्थित सबै कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा अन्तरकृया कार्यक्रम सहभागि भएर भोली नै उनले  निर्माण व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्ने  बताइएको  छ ।

मन्त्री भण्डारी गृह जिल्ला आउने भएपछि ठाउँठाउँमा  स्वागत कार्यक्रमको आयोजना गरिएको छ । मन्त्री भण्डारी  ८ गते काठमाण्डौ फर्किने छन् ।

प्रतिक्रिया