२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

डोटीमा जिप दुर्घटना दुई जनाको मृत्यु ६ घाईते

SansherOnline SansherOnline
शनिबार ०६, फागुन २०७९ ०६:२०
डोटीमा जिप दुर्घटना दुई जनाको मृत्यु ६ घाईते

डोटी : केआईसिंह गाउँपालिका–१ लोलिमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेब बस्ने बर्ष ३६का चालक गोबिन्द्र शाही, केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवा धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा परी ६ जना घाईते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रिमती बर्ष २६ की राधा तिरुवा अवस्था गम्भीर रहेको छ । उहाँहरु दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिनु भएको छ ।

समान्य घाईते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र र मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।

केआईसिंह गाउँपालिका–१ लोली भन्ने स्थानमा दिपायल बाट घाँटलाया तर्फ जादै गरेको सु।प।प्र।०१२३००१ च ३३२९ नम्बरको जिप सडक खण्ड बाट ५०–६० मिटर तल खसेको छ ।
दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै वायल बाट प्र।स।नि। चन्द्र बहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक राज जोशीको कमाण्डको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया