२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी अनेरास्ववियुका नेता गोविन्द गिरी उपाध्यक्षमा निर्वाचित

SansherOnline SansherOnline
शुक्रबार ०५, फागुन २०७९ १२:३२
बैतडी अनेरास्ववियुका नेता गोविन्द गिरी उपाध्यक्षमा निर्वाचित

बैतडी : बैतडी घर भएका अनेरास्ववियुका नेता गोविन्द गिरी उपाध्यक्षमा निर्वाचित भएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समयदेखि आवद्ध रहेका गिरी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

गएराति सम्पन्न मतगणना अनुसार गिरी उपाध्यक्षमा निर्वाचित भएका बताइएको छ । यसअघि उनी अनेरास्ववियुको उपमहासचिव रहेका थिए । विद्यार्थीको हकहितका लागि आफूले काम गर्दै आएको गिरीले बताए । 

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि बिहीबार चुनाव भएको थियो । अध्यक्षमा भने समिक बडाल निर्वाचित भएका छन् । निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

गिरीसंगै उपाध्यक्षमा धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् । 

यस्तै, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् । 

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । 

प्रतिक्रिया