२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

डडेल्धुरामा हात्तीको बथान पस्यो, परशुराम नगरपालिकाद्वारा सतर्क रहन आग्रह

SansherOnline SansherOnline
शुक्रबार ०५, फागुन २०७९ १२:२०
डडेल्धुरामा हात्तीको बथान पस्यो, परशुराम नगरपालिकाद्वारा सतर्क रहन आग्रह

डडेल्धुरा : डडेल्धुरामा हात्तीको बथान पसेको छ । जिल्लाको भित्रि मधेशअनतर्गत परशुराम नगरपालिकामा हात्तीको बथान पसेको हो । नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर ६ मा ४ गते राति हात्तीको बथान पसेको जानकारी दिएको छ ।

परशुराम नगरपालिका–६ को थकाइलाशैन सामुदायिक वन क्षेत्रमा हात्तीको बथान प्रवेश गरेको सुनिन आएकोले सतर्कता अपनाउन वडा अध्यक्ष खगेन्द्रबहादुर सिंहले सूचना जारी गर्दै अनुरोध गरेका छन् । उनले अनाधिकृत हिसावले जंगल प्रवेश, चाहार लगाउने जस्ता कार्य नगर्न पनि अनुरोध गरेका छन् । 

प्रतिक्रिया