२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा राष्ट्रपति रनिङ शिल्ड स्कुल मन्दीर सडकमा मैदानविना खेल प्रतियोगिता

SansherOnline SansherOnline
शुक्रबार ०५, फागुन २०७९ ०८:२३
बैतडीमा राष्ट्रपति रनिङ शिल्ड स्कुल मन्दीर सडकमा मैदानविना खेल प्रतियोगिता

बैतडी : बैतडीका स्थानियतहमा आफ्नै खेलमैदान  छैनन् । खेलमैदान नहुँदा खेल प्रतियोगिताको लागि स्कुल, मन्दिरकोे फिल्ड र सडकलाई प्रयोग गरिहेका छन् । 
 
जिल्लाका धेरै स्थानियतहले खेल मैदाननै निर्माण गर्न सकेका छैन्न । केहि स्थानियतहले खेलमैदान निर्माण गरेको भए पनि व्यवस्थित बनाउन नसकेकाले स्कुल, मन्दिरकै फिल्ड र सडक प्रयोग गरेर प्रतियोगिता गराईरहेका छन् ।
अहिले स्थानियतहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धेरै जसो स्थानियतहले स्कुल, मन्दिरकै फिल्ड र सडक प्रयोग गरेर खेलाईरहेका छन् । 
 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौली नगरपालिकाले मेलौली मन्दिरको फिल्डमा, दसरथचन्द नपाले निङ्गलासैनी मन्दीरको फिल्ड, पाटन नपाले कृष्ण माविको फिल्ड र पुर्चौडी नपाले त्रिबेणीधामको फिल्डमा खेलाईरहेका छन् ।

 
यस्तै दोगडाकेदार गाउँपालिकाले चनैराज मन्दीरको फिल्ड, सिगास गापाले अर्जुन माविको फिल्ड, पञ्चेश्वर गापाले कुलाउँ माविको फिल्ड र सुर्नयाले पनि रोलेश्वर माविको फिल्डमा खेलाउने तयारीमा रहेको गापा अध्यक्ष अमर कुवरले बताउनु भयो । शिवनाथ र डिलासैनी गाउँपालिकाले भने आफ्नै खेलमैदानमा खेलाएको छ ।
 
नेपाल सरकारले एक वडा एक खेलमैदानको अवधारणा ल्याएपनि स्थानिय सरकारले पालिकास्तरकै खेलमैदान पनि निर्माण गर्न सकेका छैन्न । जिल्लाका धेरै खेलमैदानको लागी प्रदेस सरकाले पनि बजेट विनियोजन गरेको थियो ।
 
प्रदेसबाट आएको बजेटले पनि खेलमैदान निर्माण हुन सकेन, खेलमैदान निर्माण गरेजस्तो गरेका खेलमैदान पनि खेल्न लायक नभएकाले बाँझो परेका छन् । जिल्लामा खेलमैदानको नाममा बजेट ल्याउने र बजेट पचाउने काम मात्र भएको पाइएको छ । 
 
सबै स्थानियतहलाई सरकारले ल्याएको खेलमैदानको अवधारणा पालना गर्न व्यवस्थित खेलमैदान बनाई खेल खेलाउनको लागि लिखितै परिपत्रगर्दा पनि खेलमैदान निर्माण नगरेको जिल्ला खेलकुद समिति अध्यक्ष चमन भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया