२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

SansherOnline SansherOnline
बिहिबार ०४, फागुन २०७९ ०५:४९
कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

 

काठमाण्डौ : बुधवार राति ग्यास विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

भण्डारीलाई श्री एअरलाइन्सको विमानमार्फत भारतको मुम्बईमा रहेको नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको हो । उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।

नेता भण्डारीको यसअघि कीर्तिपुरको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको हो ।

बुधवार राति निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । सांसद भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया