२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा आजदेखि डडेल्धुरा महोत्सव सुरु, ५ करोडको महोत्सव अवधिमा कारोबार हुने

SansherOnline SansherOnline
बिहिबार ०४, फागुन २०७९ ०५:१४
डडेल्धुरामा आजदेखि डडेल्धुरा महोत्सव सुरु, ५ करोडको महोत्सव अवधिमा कारोबार हुने

 

डडेल्धुरा : डडेल्धुराको अमरगढीमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सव सुरु हुँदैछ ।

डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा ’ कृषि, पर्यटन ,उद्योग र व्यापार , समृद्ध डडेल्धुराको आधार ’ भन्ने मुल नाराका साथ आजदेखि अमरगढी नगरपालिका ४ स्थित टुडिखेलमा पाँचौ संस्करणको प्रदेशस्तरीय महोत्सव हुने लागेको हो ।

महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा झन्डै डेढ सय व्यावसायिक स्टल रहने र महोत्सवको तयारी पूरा भएको संघका वरिष्ठ उपाध्यक्ष दीपक महताले बताए।
स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि महोत्सवमा हुने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।

स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रम पनि महोत्सवमा सञ्चालन हुनेछन् । स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी पनि राखिने छ भने रमाइलो मेला पनि महोत्सवमा हुनेछ ।

महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै ५ करोडको महोत्सव अवधिमा कारोबार हुने पनि अनुमान गरिएको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ । 

प्रतिक्रिया