२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

उदयदेव सहकारीले सुरु गर्‍यो एटिएम सेवा

SansherOnline SansherOnline
बिहिबार ०४, फागुन २०७९ ०२:३७
उदयदेव सहकारीले सुरु गर्‍यो एटिएम सेवा

 

बैतडी : कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले एटीम सेवा सञ्चालनमा ल्याएको छ । सहकारीका सदस्यका लागि एटिएम सेवा सुरु गरिएको हो ।

 

सहकारीका सदस्यको सहजताका लागि एटिएम सुविधा सञ्चालनमा ल्याइएको सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले बताए । उनका अनुसार उदयदेवका शेयर सदस्यहरुले आफ्नो बचत रकम देशभरीमा जुनसुकै एटिएम मेसिनबाट झिक्न सक्नेछन् ।

 

शेयर सदस्यले ग्लोबल आईएमई बैंकको एटीएम मेसिन प्रयोग गर्दा कुनै शुल्क नलाग्ने चन्दले बताए । ग्लोबल आइएमइ बाहेकका बैंंकका एटीएम प्रयोग गरेमा न्युनतम सेवा शुल्क लाग्ने उनको भनाई छ । उदयदेवदले यसअघि नै आइएमइ रेमिट, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ र टेब्लेट बैंकिङलगायत सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया