२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

आगलागीबाट धनगढीमा पसल र घर जलेर नष्ट

SansherOnline SansherOnline
शनिबार २३, पुष २०७९ ११:४३
आगलागीबाट धनगढीमा पसल र घर जलेर नष्ट

बैतडी आगलागीबाट धनगढीमा पसल र घर जलेर नष्ट भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ पच्चिसघर बजार स्थित शुक्रबार राती २ बजे नगेन्द्र चौधरीको १ तले घर र लक्ष्मण चौधरीले संचालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 
अचानक आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बहुलियाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रमेश बहादुर शाहीको कमाण्डमा ८ जनाको टोली, दमकल, स्थानीय, सशस्त्र प्रहरीको सहकार्यमा ४ः४५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

आगलागीबाट पसलको दुई वटा कोठा, पसल भित्ररहेको सम्पुर्ण कपडा, अन्य सर सामान जलि रु।६०,००,००० ९साठी लाख० बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मानविय क्षति नभएको र आगलागीको कारण अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। दिनेश खबर बाट साभार

प्रतिक्रिया