२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
गत बिहीबार देखि लागेको ताला आइतबार खुलेको हो ।

बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुल्यो

SansherOnline SansherOnline
सोमबार ०७, कार्तिक २०७९ ०१:००
बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुल्यो

बैतडी - बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुलेको छ । गत बिहीबार देखि लागेको ताला आइतबार खुलेको हो । नगरप्रमुख भिम बहादुर चन्द सहित कार्यपालिका सदस्य र तालाबन्दी गर्ने पक्षबीच भएको छलफलमा आम निर्वाचन पछि कार्यपालिका बैठकमा अस्पताल निर्माणबारे निर्णय गर्ने सहमती जुटेसँगै ताला खुलेको हो । आम निर्वाचन पछि कार्यपालिका बैठकमा अस्पताल विवाद बारे  निर्णय गर्ने सहमती जुटेसँगै ताला खोलेका वडा नं १ का स्थानीय दशरथ नायकले बताए । १५ शैय्याको अस्पताल तोकिएको  ठाउँमा निर्माणको माग गर्दै वडा नं १ का स्थानीयहरुले गत बिहीबार पालिकामा तालाबन्दी गरेका थिए ।  पालिकाको वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भएपनि कुन ठाउँमा बनाउने निर्णय भइनसकेको र प्रतिनिधि र प्रदेश सभा निर्वाचन पछि अस्पताल निर्माण बारे निर्णय गरिने नगरपालिकाक नगर प्रमुख भिम बहादुर चन्दले बताए ।  
 

प्रतिक्रिया