२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ३१, असोज २०७९ ०६:१४
बैतडी प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीको चुनाव जित्ने दाबी

बैतडी – बैतडीमा प्रदेश सभा क्षेत्र नम्बर (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीले आफूले चुनाव जित्ने दाबी गरेका छन् । सोमबार बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालय स्थापना गरी पत्रकार सम्मेलन गरेका भण्डारीले आफूले चुनाव जित्ने दाबी गरेका हुन् । 
नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उठेका भण्डारीले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताएका हुन् । देशभरी नै स्वतन्त्रको लहर चलेकाले आफूले जित्ने दाबी उनको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खुलेर नभने पनि भोट आफूलाई दिने भण्डारीको भनाइ छ । आफ्नो टिकट खोसिएपछि आफू स्वतन्त्र भएर चुनावमा उठेको उनले बताए । नेपालको झण्डा बोकेर प्रचारप्रसारमा हिड्दा बेग्दै आनन्द आउने उनको भनाई थियो ।
आफूले पार्टीमा नबसे नेपाली कांग्रेस नचल्ने चेतावनी  पनि उनले दिए । 
पत्रकार सम्मेलनमा बोल्दै नेपाल दलित संघका जिल्ला अध्यक्ष रमेश कोलीले पार्टीले न्याय नगरेका कारण भण्डारीको पक्षमा लागेको बताए । 

प्रतिक्रिया