२०८१ बैशाख ०५ गते बुधबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शनिबार २९, असोज २०७९ ०३:०१
बैतडीमा सत्तागठबन्धका उम्मेदवारको पत्रकार सम्मेलन

बैतडी - बैतडीमा सत्तागठबन्धनका उम्मेदवारहरुले पत्रकार सम्मेलन गरेका छन् । शनीबार जिल्ला सदरमुकाम गोठलापानीमा गरिएको पत्रकार सम्मेलनमा गठबन्धका नेताहरुले जित्नेमा ढुक्क भएको बताए ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्र कुवर (विजयसुन्दर) ले चुनावी अभियानमा जनता माझ जानु अघि पत्रकार सम्मेलन गरिएको बताए । उनले भने , ‘ परिवर्तन र प्रतिगमलाई परास्त गर्नको लागि गठबन्धन गरिएको हो । यसले नेपाली जनतालाई अधिकार सम्पन्न गर्ने काम पनि गर्छ । ’ साथै गठबन्धनका साथीहरु जित्नेको ढुक्क रहेको पनि उनको दावी थियो ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को (१) का गठबन्धनका उम्मेदवार कांग्रेसका विर बहादुर विष्टले आफुहरु एमाले सरकारमा हुदा देशका विभीन्न निकायमा गरेको प्रहारको लागि गठबन्धन गरेर चुनावी अभियानमा लागेको बताए ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार कांग्रेसका शिवराज भट्टले आफु लामो समय देखि जनताको लागि राजनिती गरिरहेको बताए । जनताको लागि लागिरहेका गठबन्धनका साथीहरुको जित मंसिर ४ को चुनावमा हुने दावी उनले गरे ।

प्रतिक्रिया