बैतडी । बैतडीमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । सुत्केरी बेथा लागेर स्वास्य चाैकी आउने बेलामा बाटाेमै स्वास्थ्यकर्मीले प्रसूति गराएका हुन् ।
पुर्चौंडी नगरपालिका–१० विजयपुरकी वसन्ती बिष्टले शुक्रबार बाटोमै शिशु जन्माएपछि उक्त ठाउँमै पुगेर स्वास्थ्यकर्मीले सेवा दिएका हुन् ।
प्रसूति बेथा लागेकी वसन्ती स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमै सुत्केरी भएकाे कटौजपानी स्वास्थ्यचौकीकी अनमि रमिता जोशीले बताउनुभयाे ।
वसन्तीलाई व्याथा लागेको कुरा जानकारीमा आएपछि स्वास्थ्य संस्थामा आउन आग्रह गरेको तर उनले स्वास्थ्य संस्थामा आउँदै गर्दा बाटोमै बच्चा जन्माएपछि सोही ठाउँमा गएर सेवा दिएको उहाँले बताउनुभयाे ।
प्रतिक्रिया