काठमाडाैं । सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञ र सराेकारवालासित छलफल थाल्नुभएकाे छ ।
उहाँले शीतल निवासमा संविधानविद्, कानुन व्यवसायी, सेना र जेन-जी समूहका प्रतिनिधिहरूसँग छुट्टा–छुट्टै छलफल गर्नुभएकाे हाे ।
शीतल निवासमा बिहीबार साँझबाट यस्तो छलफल तीव्र पार्नुभएकाे स्राेतकाे दाबी छ ।
स्रोतका अनुसार शुक्रबार बिहानसम्म पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।
राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल पछि याे सहमति जुटेको स्रोतको भनाइ छ।
यसअघि नै जेनजी प्रतिनिधिहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए।
प्रतिक्रिया