२०८२ भदौ २८ गते शनिबार
ट्रेन्डिङ

सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनाउन बालेनकाे माग

SansherOnline सन्शेर अनलाइन
बुधबार २५, भदौ २०८२ १०:३१
सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनाउन बालेनकाे माग

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिक सरकार गठन गर्न माग गरेका आग्रह गर्नुभएकाे छ । 

आन्दोलनरत जेनजी पुस्तालाई बुधबार राति फेसबुकमार्फत उहाँले देशले इतिहासमै नभएको फरक परिस्थितिमा भएकाले धैर्यता साथ अघि बढ्न सुझाव दिनुभएकाे हाे । 

'यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो' उहाँले लेखेका छन् ।  

उहाँले रास्ट्रपति रामचन्द्र पौडेललाई पनि जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्न सुझाव दिनुभएकाे छ । 
 

प्रतिक्रिया