काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया बदली रहने जनाएको छ।
सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मंगलबार राति देशभर साधारणतया बदली रहने महाशाखाले बताएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।पछिल्लो २४ घन्टामा देशभर मध्यम वर्षा मापन भएको छ।
विभागका अनुसार पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकको मानेखर्कमा ८८.८, लमजुङको फलेनीमा ६१.६, डडेलधुरामा ७४.६, साहूखर्कमा ७८.२, डोटीको गैह्रामा ६०.८ मिलिमिटर वर्षा भएको छ।
प्रतिक्रिया