२०८२ भदौ १८ गते बुधबार
ट्रेन्डिङ

लगातार वर्षाले बाढीपहिराेकाे जाेखिम, सतर्कता अपनाउन प्रशासनको आग्रह

SansherOnline सन्शेर अनलाइन
सोमबार १६, भदौ २०८२ ०९:०४
लगातार वर्षाले बाढीपहिराेकाे जाेखिम, सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी । लगातारकाे वर्षाका कारण बाढीपहिरोकाे जाेखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

साेमबार साँझ जिल्ला प्रशासनले सूचना सार्वजनिक गर्दै मनसुनजन्य विपद्काे सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा सवारी साधन नचलाउन आग्रह गरेको हो ।

बैतडीकाे नदी तटीय क्षेत्रमा कटान र अधिकांश ठाउँमा पहिराेकाे जोखिम हुने गरेकाे छ । 

प्रशासनले विपद्जन्य घटना भएकाे अवस्थामा तत्काल परिचालिन हुने गरी तयारी अवस्थामा रहन सबै सराेकारवाला निकायसित आग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया