बैतडी : पाटन नगरपालिकाको लेखा शाखामा आज दिउँसो तालाबन्दी गरिएको छ । आर्थिक अनियमितता भएको आरोप लगाउँदै नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा तालाबन्दी गरिएको हो ।
उपप्रमुख बोहरा सहित कार्यपालिकाका पाँच जना सदस्यहरूले दिउँसो करिब ४ बजे लेखा शाखामा तालाबन्दी गरेका हुन् । आजकै लागि तय गरिएको कार्यपालिका बैठक पनि निष्कर्षविहीन रूपमा टुंगिएको छ । उपप्रमुख बोहराले विगतदेखि नै कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग गर्दै आएका थिए ।
यस्तै मागसहित उनले लेखा शाखामा अनियमितता भएको भन्दै सशक्त विरोध जनाएका हुन् । तालाबन्दीको विषयमा नगरप्रमुख गौरीसिंह रावललाई जानकारी गराइएको उपप्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया